अब जनताको अपेक्षा पूरा गर्ने बेला आएको छ : नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खनाल

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) का तर्फबाट नवनिर्वाचित शिशिर खनालले अब जनताको अपेक्षा पूरा गर्ने बेला आएको बताएका छन् । जनताले ठूलो आशा तथा भरोसाका साथ आफू र रास्वपा पार्टीलाई विजयी गराएकामा धन्यवाद दिँदै उनले देशलाई सुशासन र समृद्धिको बाटोमा लैजान जिम्मेवार पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, “जेनजी पुस्ताले हामीमाथि भरोसा गरेकै कारण यति सफल हुन सकिएको हो ।” खनाल २७ हजार ७१९ मत ल्याएर विजयी भएका हुन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार