बझाङमा एमाले उम्मेदवार महरको अग्रता कायमै, रास्वपा चौथो स्थानमा

बझाङ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बझाङमा जारी मतगणनामा नेकपा (एमाले) का उम्मेदवार ऐन महरले अग्रता बढाउँदै गइरहेका छन् । हालसम्म गणना भएको मतअनुसार महरले १३ हजार ५२७ मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन्।

उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले १२ हजार २९९ ल्याउँदै उनलाई पछ्याइरहेका छन्। तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टी (९नेकपा) का मीनबहादुर कुँवरले ८ हजार ३०३ मत पाएका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शैलेन्द्र कुमार सिंहले ७ हजार ४१६ मत प्राप्त गरेर चौथो स्थानमा रहेका छन् ।

बझाङका आठ वटा पालिको मत गणनामा १ हजार २२८ मतले एमाले उम्मेदवार महरले अग्रता बनाइरहेका छन्। अघिल्लो निर्वाचनमा गठबन्धनसँग झिनो मतान्तरले पराजित भएका एमाले उम्मेदवार महरले यसपटक भने सुरुवातबाटै अग्रता बनाइरहेका छन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार