
काठमाडौं । पायोनियर ओपन स्काउट ग्रुपद्वारा आयोजित धाँ बाजा प्रशिक्षण समापन तथा दिक्षान्त समारोह एवम् सम्मान कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रममा भक्तपुर नगरपालिकाकी नगर उप–प्रमुख तथा नगर प्रमुख स्काउट रजनी जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
त्यस्तै, नेपाल स्काउटका पूर्व प्रमुख आयुक्तद्वय रविन दाहाल र महेन्द्र राज रन्जित विशिष्ठ आतिथ्यताका रुपमा सहभागि भएका थिए । समारोहको सुरुवातमा ग्रुप लिडर रमेश सितिखुले स्वागत मन्तव्य दिएका थिए । उनले पायोनियर ओपन स्काउट ग्रुपले स्काउटको सिद्धान्तमा आधारित रही हालसम्म गरेका सम्पूर्ण गतिविधि र उपलब्धिहरूलाई श्रव्य–दृश्यमार्फत प्रस्तुत गर्दै समूहले गरेको योगदानबारे प्रकाश पारे । साथै उनले उपस्थित सबैलाई विजया दशमी २०८२ को शुभकामना पनि दिएका थिए ।
उनको स्वागत मन्तव्यपछि कार्यक्रमको मुख्य भाग अर्थात् धाँ बाजा प्रशिक्षण समापन र दिक्षान्त समारोह सम्पन्न भएको थियो । नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक हतुको आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा ६० जना भन्दा बढी विभिन्न तहका स्काउटहरू दिक्षित भए । साथै, स्काउटकै ३३ जना विद्यार्थीले धाँ बाजा प्रशिक्षण पूरा गरी प्रमाणपत्र प्राप्त गरेका थिए । समापन कार्यक्रममा पूर्व प्रमुख आयुक्त रविन दाहालले स्काउटिङले विद्यार्थीमा अनुशासन, शिष्टाचार र नेतृत्व क्षमताको विकास गर्ने उल्लेख गर्दै दशैं–तिहारको अवसरमा सबैलाई मंगलमय शुभकामना व्यक्त गरे । त्यस्तै, पूर्व प्रमुख आयुक्त महेन्द्र राज रन्जितले स्काउटहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउनुपर्नेमा जोड दिँदै चाडपर्वले आपसी सद्भाव र मेलमिलाप बढाउने बताए ।
प्रमुख अतिथि रजनी जोशीले पायोनियर ओपन स्काउट ग्रुपको योगदानलाई प्रशंसनीय कार्य गरेको बताउँदै स्काउट शिक्षा लाई अझ सबल बनाउन नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइन् । साथै उनले पनि उपस्थित सम्पूर्ण स्काउट, अभिभावक र समुदायलाई विजया दशमी तथा आगामी तिहारका लागि शुभकामना दिइन् । समारोहको सभापतित्व ग्रुपकी अध्यक्ष रमिता खुशुले गरेकी थिइन् ।













समाचार
विशेष कार्यक्रमका बीच नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन
नेपालमा निसानको नयाँ एसयूभी टेकटन लन्च, मूल्य ५१ लाख २९ हजार रुपैयाँ
महिन्द्राको नयाँ पुस्ताको एसयूभी नाइमा एक्स्पोमा, एक्सइभी९ एसको सुरुवाती मूल्य ६० लाख
नाइमा नेपाल मोबिलिटी एक्स्पो सुरु: ह्युन्डाई, एमजी र कियाका नयाँ मोडल सार्वजनिक
एकल वा दम्पत्ति भएमा १० लाख देखि ६० लाखसम्म कमाँउदा तपाईले कति तिर्ने आयकर ?
चितवनमा निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन-२०८३ हुने
क्रिप्टोकरेन्सीमा गिरावटपछि डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल कम्पनी लाई २३ करोड ८० लाख डलर घाटा
नेपालमा एक दशकभित्र देशभर ५जी सेवा विस्तार गर्ने लक्ष्य
गर्भनरसँगको भेट पछि मिस नेपाल ढकालले भनिन् : जीवनभन्दा ठूलो ऋण होइन
झापा इनर्जीको विद्युत उत्पादन पुनः सुचारु