
भक्तपुर । भन्सार छलेर ल्याएको ७२ लाख रुपैयाँ बराबरको अवैध सामानसहित प्रहरीले ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले काभ्रेपलाञ्चोकबाट काठमाडौंर्फ आउँदै गरेको बा४ख ७६० नम्बरको सेतो ट्रकमा उक्त रकम बरामद गरेको हो । प्रहरीले जगातीस्थित चेकप्वाइन्टमा जाँच गर्ने क्रममा उक्त सामानसहित चालकलाई पक्राउ गरेको हो ।
प्रहरी वृत्त जगातीको टोलीले चेकजाँच गर्ने क्रममा ट्रकमा परालको भुसभित्र रहेको कुर्तासुरुवाल, धाराको पार्टपुर्जालगायतका करिब ७२ लाख रुपैयाँबराबरका सामान बरामद गरिएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए । उनका अनुसार प्रहरीले कुर्तासुरुवाल तीन हजार ८८७ थान, पाइन्टको कपडा ३२ रोल, सर्ट ३५६ थान, सर्टको कपडा २८० रोल, ब्लाउज एक हजार ८७५ थान, पर्दाको कपडा ९९ रोल, साडी १५९ थान तथा धाराको पार्टपुर्जा ३९८ थान बरामद गरेको उनले जानकारी दिए ।
ट्रकमा परालभित्र राखेर अवैध रुपमा भन्सार छलेर ती समानसँगै अवैध ओसार–पसारमा संलग्न सवारीसाधन र दोलखा कालिन्चोक गाउँपालिका–२ बस्ने ४७ वर्षीय लक्ष्मण थामीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम