काठमाडौं । झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रकाश पाठक विजयी भएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलाई २१ हजार बढी मतान्तरले पछि पार्दै पाठक विजयी भएका हुन् ।
पाठकले ३८ हजार ६७४ र लिङदेनले १७ हजार २९४ मत प्राप्त गरे । नेपाली कांग्रेसका राजेन्द्रकुमार घिमिरलेले ८ हजार १९९, नेकपा एमालेका हरिबहादुर राजंशीले ७ हजार ४९२ मत ल्याए ।