
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक समूहअन्तर्गतको ठूलो परिमाणको सेयर बिक्रीका लागि सार्वजनिक गरेको छ।
बैंकले संस्थापक समूहको कुल १४ लाख ४४ हजार ८४ दशमलव ९३ कित्ता सेयर बिक्रीमा राखेको जनाएको छ। प्रारम्भिक चरणमा उक्त सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिदका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूलाई आवेदन पेश गर्न ३५ दिनको समय प्रदान गरिएको छ। तोकिएको अवधिभित्र इच्छुक सेयरधनीहरूले काठमाडौंको नारायणहिटी पथस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराउनुपर्नेछ।
बिक्रीका लागि उपलब्ध गराइएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०६ रुपैयाँ निर्धारण गरिएको बैंकले जनाएको छ।
बैंकका अनुसार निर्धारित समयसीमाभित्र संस्थापक सेयरधनीहरूबाट पर्याप्त आवेदन नपरेमा बाँकी सेयर अन्य व्यक्ति तथा संस्थालाई समेत बिक्रीका लागि खुला गरिनेछ।













समाचार
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
एन्फा कार्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा
विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
निजी क्षेत्रतर्फ कर्जा बढ्यो साढे २३ अर्ब
साझा यातायातको डिजिटल टिकटिङ प्रणालीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सहकार्य
भदौमा १३६ उद्योगका लागि ६ अर्ब २७ करोड लगानी प्रतिबद्धता
प्रिमियममा आईपीओ ल्याउन लगातार ३ वर्ष नाफा अनिवार्य: धितोपत्र बोर्ड
५० रुपैयाँको नयाँ नोट आजदेखि प्रचलनमा
ट्रेजरी बिलमार्फत सरकारले २५ अर्ब ५३ करोड आन्तरिक ऋण उठाउँदै