
काठमाडौं । काठमाडौँको बाइपास क्षेत्रबाट चोरीको मोटरसाइकलसहित नुवाकोटका २० वर्षीय निखिल बलामी पक्राउ परेका छन्। नुवाकोट ककनी गाउँपालिका–१ घर भई हाल काठमाडौँको लोलाङ बस्ने बलामीलाई ट्राफिक प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो।
उनले बागमती प्रदेश ०२–०२८ प ८४०८ नम्बरको वास्तविक मोटरसाइकलको नम्बर बदलेर बागमती प्रदेश ०२–०३९ प ९४५४ राखी चलाइरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो। उक्त मोटरसाइकल ललितपुरको गोदावरी नगरपालिका–१० बोहोराटारका जयराम केसीको घरबाटै हराएको थियो।
केसीले आफ्नो मोटरसाइकल हराएको भन्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार मोटरसाइकलसहित समातिएका बलामीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि प्रहरी वृत्त चापागाउँ पठाइएको छ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो