मेन्छियाम हाइड्रोपावरको ४३ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको ४३ लाख ७ हजार १०३ कित्ता सेयरको लकइन अवधि आउँदो वैशाख १२ गतेबाट समाप्त हुने भएको छ । कम्पनीको संस्थापकतर्फको ३७ लाख ९८ हजार ८३ कित्ता, स्थानीय बासिन्दातर्फको ५ लाख ५ हजार ७८० कित्ता र कर्मचारीतर्फको ३ हजार २४० कित्ता सेयरको लकइन अवधि समाप्त हुने भएको हो ।

आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले ३ वर्षसम्म संस्थापक, स्थानीय बासिन्दा र कर्मचारी तर्फको सेयर लकइनमा राख्नु पर्ने प्रावधान छ । लकइन अवधि सकिएपछि उक्त सेयर कारोबार गर्न सकिनेछ । तर सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीले भने नियमानुसार कारोबार गर्न सक्ने छैनन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार