
काठमाडौं । सोमबार पनि सेयर बजार राताम्य भएर बन्द भएको छ । अघिल्लो दिन पनि दोहोरो अंकले घटेको सेयर बजार परिसूचक आज पनि घटेर बन्द भएको हो ।
साताको कारोबार हुने दोस्रो दिन नेप्से परिसूचक १० दशमलव ६१ अंकले घटेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा परिसूचक २६३३ दशमलव ३२ विन्दुमा पुगेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ०७ अंकले घटेर ४४१ दशमलव ५२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ उपसमूहको सेयर मूल्य घटेको छ भने ५ उपसूचकको सेयर मूल्य बढेको छ ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १२९ कम्पनीको सेयर मूल्य घटेको छ भने १०५ कम्पनीको सेयर मूल्य भने घटेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
परिसूचकसँग कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ९ अर्ब १२ करोड माथिको कारोबार भएको सेयर बजारमा आज ८ अर्ब ९२ करोड ४० लाख ६५ हजार ८८८ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार सेयर बजारमा ३१२ कम्पनीका १ करोड ७२ लाख ५३ हजार ५७६ कित्ता सेयर ८७ हजार ५६४ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो । आज सेयर बजारमा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।












समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम