काठमाडौं । दुबईमा इरानको ड्रोन आक्रमणमा परेर घाइते भएका ७ जना नेपाली खतरामुक्त रहेको जनाइएको छ । उनीहरू खतरामुक्त रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएकाे हाे ।
घाइतेमध्ये ६ जना उपचार गराएर काममा फर्किसकेका छन् भने अर्का एक जनाको उपचार चलिरहेको मन्त्रालयले जनाएको छ । उपचाररत घाइते पनि खतरामुक्त रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव लोकबहादुर क्षेत्रीले बताए । उनले पश्चिम एसियाली देशहरूमा चर्केको द्वन्द्व कारण बिदाका दिन पनि परराष्ट्रका अधिकारीहरू घटनाको जानकारी सङ्कलनमा जुटिरहेका छन् । दुबईस्थित नेपाली दूतावासले पनि सबै घाइते खतरामुक्त रहेको जनाएको छ ।
दूतावासले घाइते नेपालीहरुसँग फोन सम्पर्क भइरहेको जनाएको छ । अस्पतालबाट डिस्चार्ज भएकाहरूमध्ये चार जनालाई आजै दूतावासका अधिकारीहरू भेटघाट समेत गरेका छन् । क्षेत्रीले कसैलाई कुनै प्रकारको समस्या भएमा परराष्ट्र मन्त्रालय वा सम्बन्धित दूतावासमा सम्पर्क गर्न सार्वजनिक अपिल गरिएको पनि जानकारी दिए ।