
रुपन्देही । नेपाल उद्योग वाणिज्य महासङ्घ, लुम्बिनी प्रदेशको अध्यक्षमा भैरहवाका ठाकुरकुमार श्रेष्ठ विजयी भएका छन् । भैरहवामा आज सम्पन्न महासङ्घको आठौँ प्रदेशसभा तथा अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनले अध्यक्ष पदमा जमसेर अलि मियाँलाई पराजित गरे । यस्तै जिल्ला नगर उपाध्यक्षमा दाङका टङ्कसिंह बुढाथोकी तथा एसोसिएट उपाध्यक्षमा पाल्पाका राजु महर्जन निर्विरोध निर्वाचित भए ।
यसैगरी कोषाध्यक्षमा नवलपरासीका लेखनाथ न्यौपाने तथा सदस्यमा बर्दियाका बद्रीनाथ बराल र प्युठानका माधवराज भण्डारी, एसोसिएट सदस्यमा रुपन्देहीका सौरभ अग्रवाल र दाङको लमहीका युवराज पोखरेल निर्विरोध निर्वाचित भएको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले जानकारी दिए ।
फेसबुक प्रतिक्रिया













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व