
काठमाडौं । भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न इन्स्पेक्टर बिनुकुमारी शाहीले ललितपुर जिल्ला अदालतबाट मंगलबार सफाइ पाएकी छन् । सोही मुद्दाका अर्का प्रतिवादी ताज मुल इस्लामलाई कैद सजाय भएको जिल्ला अदालतस्रोतले जनाएको छ ।
ललितपुरको भैंसेपाटी प्रहरी प्रभागमा प्रमुखको जिम्मेवारी सम्हाल्दा एक घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेको घट्नामा इन्स्पेक्टर शाहीसहित ६ जनालाई प्रतिवादी बनाएर केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो ।
जिल्ला अदालतले २०८१ पुस ८ मा पाँच लाख धरौटीमा छोडेको थियो । उनी सोही घटनाका कारण प्रहरी सेवामा निलम्बित थिइन् । इन्स्पेक्टर शाही ललितपुरस्थित प्रहरी प्रभाग, भैंसेपाटीमा कार्यरत रहँदा कार्यक्षेत्रभन्दा बाहिरको घटनामा अस्वाभाविक रुपले चासो राख्दै अनुचित लेनदेनसमेत गरेपछि उनी जिम्मेवारीबाट हटाइएकी थिइन् ।













समाचार
पेट्रोलियम पदार्थको मूल्य यथावत
पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे
क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन
रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो
चिनाखेतवासीलाई पहिरोले दिएको पीडा
स्थापना भएको २७ वर्षपछि सघन उपचार कक्ष सञ्चालन
भोटेकोशी–त्रिशूली बाढीमा क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा
पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै