
काठमाडौं । बुधबार सेयर बजार परिसूचक उच्च अंकले बढेर कारोबार बन्द भएको छ । आजको कारोबार बन्द हुन्दा सेयर बजार परिसूचक ४५.१२ अंकले बढेर बन्द भएको हो ।
योसँगै सेयर बजार आज २८०० माथि पुगेको छ । आजको कारोबार बन्द हुन्दा परिसूचक १.६३ प्रतिशतले बढेर २८०२.५२ विन्दुमा पुगेको हो । आज सेयर बजारमा २५१ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको सेयर मूल्य घटेको छ । आज सेयर बजारमा २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ५.७५ अंकले बढेर ४७६.८८ विन्दुमा पुगेको छ । आज नेप्सेमा सबै १३ वटै उपसूचकको सेयर मूल्य बढेको छ । परिसूचक बढेको दिन सेयर बजारमा ८ अर्ब माथिको कारोबार भएको छ ।
आज ३४६ कम्पनीका १ करोड ८८ लाख १६ हजार ८०८ कित्ता सेयर ९८ हजार १६२ पटक खरिद बिक्री हुँदा ८ अर्ब ३१ करोड ८९ लाख ८ हजार ४४१ रुपैयाँको कारोबार भएको छ ।
सेयर बजार उच्च अंकले बढेर कारोबार भएको दिन सेयर बजारमा ७ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।












समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै