
जनकपुरधाम । महोत्तरीमा टेम्पोमाथि रुख खस्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार शनिबार साँझ आएको हावाहुरीका क्रममा जलेश्वर नगरपालिका–९, परकौलीस्थित सडक किनारको रुख ढलेर जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको ज १ घ ४८५० नम्बरको टेम्पोमाथि खसेको हो।
उक्त दुर्घटनामा एक महिला र एक पुरुष गरी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना (पुरुष चालक र दुई महिला) घाइते भएका प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टका अनुसार टेम्पोमा चालकसहित पाँच जना सवार रहेका थिए । दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि जनकपुर पठाइएको छ ।
मृतक तथा घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि केही समय जलेश्वर–जनकपुर सडक खण्ड अवरुद्ध भएको थियो । नेपाली सेना र प्रहरीको संयुक्त प्रयासमा सडकमा खसेको रुख हटाएपछि यातायात पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।













समाचार
सेबोनको नयाँ आईपीओ मापदण्डको प्रस्तावमा इप्पानको आपत्ति, जलविद्युतलाई छुट्टै व्यवस्था गर्न माग
जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा
प्रसारण लाइन निर्माणः प्रभावितलाई दश करोड ३३ लाख मुआब्जा
रोयल इन्फिल्डको ‘वान राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी सहभागी
भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि
रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति
प्रधानमन्त्री बालेन्द्र शाह यूएन महासभामा भाग लिन अमेरिका प्रस्थान, असोज ८ मा सम्बोधन गर्ने
“सीप र रोजगारी : साझा जिम्मेवारी” भन्ने मूल नाराका साथ रोजगार मेला, २०८३ हुँदै
नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान
सडक निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो, ७३ लाख ६१ हजार बिगोसहित ८ जनाविरुद्ध मुद्दा