
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको बताएका छन्। उनले निजी क्षेत्रलाई केवल नाफा कमाउने निकायका रूपमा मात्र हेर्ने परम्परागत सोचबाट बाहिर निस्कनुपर्नेमा जोड दिएका हुन्।
कञ्चनपुर उद्योग वाणिज्य सङ्घको ३४औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले निजी क्षेत्रले मुलुकको आर्थिक संरचना, पूर्वाधार विकास र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान दिँदै आएको स्पष्ट पारे। उनका अनुसार कुल गार्हस्थ उत्पादन (जिडिपी) मा ८० प्रतिशतभन्दा बढी योगदान निजी क्षेत्रकै रहेको छ।
‘कुल गार्हस्थ उत्पादनमा ८० प्रतिशतभन्दा बढी योगदान गर्ने र हरेक पूर्वाधार निर्माणमा योगदान गर्ने निजी क्षेत्र हो’, ढकालले भने, ‘सबैभन्दा बढी रोजगारी सिर्जना पनि निजी क्षेत्रले गरिरहेका छन् ।’ उनले निजी क्षेत्रलाई विकासको प्रमुख साझेदारका रूपमा स्वीकार गर्न सके मात्र मुलुकको आर्थिक समृद्धि सम्भव हुने धारणा व्यक्त गरे। ढकालले राज्य, निजी क्षेत्र र स्थानीय तहबीचको सहकार्य मजबुत भएमा लगानीमैत्री वातावरण बन्ने र त्यसले उत्पादन तथा रोजगारी वृद्धि गर्ने बताए।
सुदूरपश्चिम प्रदेशको विकास सम्भावनाबारे बोल्दै अध्यक्ष ढकालले यस क्षेत्रमा पर्यटन र पूर्वाधार विकासका अपार अवसर रहेको उल्लेख गरे। उनका अनुसार सुदूरपश्चिममा प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको विशाल सम्भावना भए पनि आवश्यक पूर्वाधार र लगानीको अभावका कारण ती सम्भावनाहरू पूर्ण रूपमा उपयोग हुन सकेका छैनन्।
‘यहाँको बडिमालिका, रामारोशन जस्ता धार्मिक तथा पर्यटकीय गन्तव्यहरू छन्’ ढकालले भने, ‘अब यी क्षेत्रहरूमा आवश्यक पर्यटकीय पूर्वाधार निर्माणमा लगानी हुनुपर्छ।’













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम