काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडको शेयर निष्कासन सम्बन्धी बुक–बिल्डिङ प्रक्रिया अन्तर्गत छलफल ‘रोड शो’ कार्यक्रम मिति २०८३ बैशाख ११ गते ःबचचष्यतत ज्यतभ िनक्साल, काठमाडांैमा सफलतापूर्वक सम्पन्न भएको छ । निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनर्राइज क्यापिटलद्वारा आयोजना गरिएको ‘रोड शो’ मा योग्य संस्थागत लगानीकर्ताहरूको उल्लेखनीय र उत्साहजनक सहभागिता रहेको थियो ।
‘रोड शो’ कार्यक्रममा संस्थागत लगानीकर्ताहरूले मूल्य निर्धारण, माग तथा मूल्याङ्कन सम्बन्धी आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए । प्रस्तुति तथा छलफल मार्फत नर्भिक इन्टरनेशनल हस्पिटलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अजयकुमार मिश्रले वर्तमान सञ्चालन अवस्था, वित्तीय कार्य सम्पादन, रणनीतिक दिशा तथा भविष्य विस्तार योजनाबारे विस्तृत जानकारी प्रदान गरेका थिए । उक्त अन्तरक्रियाले संस्थागत लगानीकर्ताहरुमा अस्पतालको दिगो विकास र सेवा सम्बन्धी सम्भावनाबारे स्पष्ट बुझाइ दिन सफल भएको छ ।
निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराईज क्यापिटलले ‘रोड शो’ कार्यक्रममा मूल्याङ्कन पद्धति, मूल्य निर्धारणका आधारहरू, मागको विश्लेषण, बुक–बिल्डिङ संरचना तथा नियामक प्रावधान सम्बन्धी विस्तृत जानकारी प्रस्तुत गरेको थियो । सहभागी लगानीकर्ताहरूले प्रस्तुत गरिएको मूल्य खोजी प्रक्रिया पारदर्शी, व्यावसायिक तथा विश्वास योग्य रहेको धारणा व्यक्त गरेका थिए । यस कार्यक्रमको सफल सम्पन्नताले नेपालको पुँजी बजारमा बुक–बिल्डिङ प्रक्रियालाई थप सुदृढ बनाउने दिशामा महत्वपूर्ण योगदान पुगेको विश्वास लिइएको छ । यसले पारदर्शी, बजार–आधारित मूल्य खोजी प्रक्रिया र सूचित संस्थागत सहभागितालाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।
बुक–बिल्डिङ प्रक्रियाको आगामी चरण ‘रोड शो’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेको सन्दर्भमा, योग्य संस्थागत लगानीकर्ताहरूले आफूले खरिद गर्न चाहेको शेयर संख्या तथा प्रस्तावित अभिप्रेत मूल्य (क्ष्लतभलत एचष्अभ) शिल बन्द (क्भबभिम) खाममा ५ कार्य दिनभित्र अर्थात् वि.सं. २०८३ साल वैशाख २१ गते ५ बजे भित्र आवश्यक कागजात सहित आशय पत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा बुझाउनुपर्ने ब्यवस्था रहेको छ । नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडको बुक–बिल्डिङ ‘रोड शो’ मा सक्रिय सहभागिता, मूल्यवान सुझाव र निरन्तर सहयोग प्रदान गर्नुहुने सबै संस्थागत लगानीकर्ताहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।