
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा गिरावट देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको वित्तीय विवरण अनुसार नाफामा गिरावट देखिएको हो ।
चालु आर्थिक वर्षको ९ महिनामा बैंकको नाफा ३०.६९ प्रतिशतले घटेर ३ अर्ब १४ करोड ६७ लाख रुपैयाँमा खुम्चिएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा ४ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो । त्यस्तै यो अवधिमा बैंकको खुद ब्याज आम्दानी समेत घटेको छ । बैंकको खुद ब्याज आम्दानी ७.१३ प्रतिशतले घटेर ९ अर्ब ५७ करोड ९५ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी १० अर्ब ३१ करोड रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा ६ अर्ब ६१ करोड १४ लाख रुपैयाँ रहेको बैंकको सञ्चालन नाफा घटेर ४ अर्ब ७७ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।
समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब १० करोड रुपैयाँबाट बढेर ३ अर्ब १० करोड ३० लाख पुगेको छ । बैंकको चुक्तापूँजी ३४ अर्ब १२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोष सञ्चिति ३३ अर्ब ३० करोड रुपैयाँबाट बढेर ३७अर्ब १३ करोड रुपैयाँ पुगेको हो । बैंकको खराब कर्जाको आकार समेत बढेको छ । खराब कर्जा ६.०६ प्रतिशतबाट बढेर ८.४१ प्रतिशत पुगेको छ । यसअवधिमा बैंकको प्रतिसेयर आम्दानी समेत १७.७४ रुपैयाँबाट घटेर १२.२९रुपैयाँ पुगेको छ ।












समाचार
काली गण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह
आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह
नागपोखरीबाट लागुऔषधसहित चार जना सशस्त्रको नियन्त्रणमा
अदालतले भन्यो : दुर्गा प्रसाईंलाई छाड्देउ
मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध
करदाता प्रोत्साहन उपहार कार्यक्रमः १५ दिनमा योग्य कारोबार संख्या करिब ११ लाख नजिक
सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२६’ सम्पन्न, ७८० उत्कृष्ट सिटिजन लिडर र अभिकर्ता सम्मानित
मिड–भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन’मा बाँदर आतंक समाधान गर्ने ‘इनोभिजन’ विजेता
जुलाईमा भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक, चिनियाँ पर्यटक ६१ प्रतिशतले बढे
परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई पक्राउ