
म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन ‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना निर्माण सुरु भएको १३ महिनाको अवधिमा ५० प्रतिशत भौतिक प्रगति भएको छ । हाइड्रो इम्पायर लिमिटेड प्रवद्र्धक रहेको ४६.२५ मेगावाट क्षमताको आयोजनाले २०८३ चैत महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यसहित बाँध, सुरुङ, विद्युत्गृह, प्रसारण लाइन, ‘हाइड्रो’ र ‘इलेक्ट्रोमेकानिकल’ तर्फका निर्माणलाई समानान्तरण रूपमा तीव्रता दिएको हो ।
विसं २०८१ चैत महिनादेखि निर्माण थालिएको आयोजनाको ५० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । ६ हजार ४२५ मिटर मुख्य सुरुङसहित सम्पूर्ण भूमिगत संरचनामध्ये हालसम्म ४ हजार २२० मिटर सम्पन्न भएको जनाइएको छ । धवलागिरि गाउँपालिका–४ सिङकोश दोभानमा बाँध र घिम्लेटी (खारपानी)मा विद्युत्गृह निर्माणाधीन छ । बाँधस्थल, चेचुङको अडिट र घिम्लेटीको आउटलेटबाट सुरुङ निर्माण भइरहेको छ । घिम्लेटीमा आयोजनाको प्रशासनिक भवन निर्माण भएको छ । आउटलेटबाट विद्युतगृहसम्म आठ सय ४३ मिटर लामो ‘पेनस्टक’ पाइपलाइन रहनेछ । यो आयोजना ‘रन अफ द रिभर’ (नदी प्रभाहमा आधारित) हो ।
बाँध, ‘इन्टेक’ र विद्युत्गृह बाहेकका ‘ग्रोवल ट्रयाप’, डिसेण्डर (बालुवा थिग्रयाउने पोखरी), मुख्य सुरुङ र सर्ज टनेललगायत सबै संरचना भूमिगत रहने भएका छन् । आयोजनाको सिभिल ठेकेदार आरएससी आरजे जेभी र माछापुच्छ्र्रे इन्जिनियरिङ प्राली रहेका छन् । साथै इलेक्ट्रोमेकानिकल कार्यका लागि ठेकेदार कम्पनी ट्रोयर इटली रहेको छ । हाइड्रोमेकानिकल कार्यका लागि माछापुच्छ्र्रे मेटल एण्ड मेसिनरी वर्कसप प्राली परिचालित भएको छ ।
यसअघि ३७ मेगावाट रहेको आयोजनाको क्षमता बढाएर ४६.२५ बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको हाइड्रो इम्पाएरले जनाएको छ । यसका लागि थप जग्गा अधिग्रहण र वन क्षेत्र उपभोग गर्न नपर्ने हिसाबले ३१४ मिटर अग्लो रहेको हेडलाई बढाएर ३१७ मिटर र खोलाबाट सुरुङमा हालीने पानीको मात्रा १४.४१ घनमिटर प्रतिसेकेण्डबाट बढाएर १७.२४ घनमिटर प्रतिसेकेण्ड बनाई क्षमता बढाइएको हो ।
सुक्खायाममा पनि म्याग्दी नदीमा पानीको मात्रा पर्याप्त हुने भएकाले यस आयोजनाले लगानीकर्तालाई छिटो प्रतिफल दिने जनाइएको छ । ८ अर्ब ४६ करोड ५४ लाख २ हजार रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा सिद्धार्थ बैंकको अगुवाइमा नेपाल एसबीआई बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, एभरेष्ट बैंक र नविल बैंकले लगानी गरेका छन् । ७० प्रतिशत बैंक र ३० प्रतिशत स्वपुँजीको अनुपात रहेको छ ।
प्रभावित क्षेत्रका बासिन्दाका लागि कुल लागतको १० प्रतिशत सेयरको व्यवस्था गरिएको आयोजनाले जनाएको छ । यस आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणको डाँडाखेत सबस्टेशनमार्फत केन्द्रीय ग्रिडमा जोडिनेछ । दश किलोमिटर लामो १३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माणको तयारीमा छ । शिवरात्रिखोलादेखि बाँध निर्माणस्थलसम्म करिब १८ किलोमिटर पहुँचमार्ग निर्माण भएको छ । आयोजनाले धवलागिरि गाउँपालिकाको सिफारिसमा खिवाङ र चेचुङ गाउँमा सडक पुर्याउन सहयोग गरेको छ ।













समाचार
प्रधानमन्त्री बालेन्द्र शाह यूएन महासभामा भाग लिन अमेरिका प्रस्थान, असोज ८ मा सम्बोधन गर्ने
“सीप र रोजगारी : साझा जिम्मेवारी” भन्ने मूल नाराका साथ रोजगार मेला, २०८३ हुँदै
नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान
सडक निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो, ७३ लाख ६१ हजार बिगोसहित ८ जनाविरुद्ध मुद्दा
गृह र ऊर्जामन्त्री पुगे मौसम विभाग, वर्षा र हिमपातबारे चासो
संयुक्त राष्ट्रसङ्घको महासभामा ट्रम्पले युद्ध र शान्ति प्रयासबारे धारणा राख्ने
सेयर बजारमा सामान्य अंकको वृद्धि, कारोबार ७ अर्ब माथि
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल