
काठमाडौं । बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंक ले पुनः निक्षेप संकलन उपकरणमार्फत बजारबाट पैसा खिच्ने निर्णय गरेको छ। केन्द्रीय बैंकले आज वैशाख १७ गते १२० अर्ब रुपैयाँ बराबरको रकम बैंकिङ प्रणालीबाट तान्ने भएको हो। यसका लागि दिउँसो ३ बजे बोलकबोल हुने बैंकले जनाएको छ।
निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम सीमा ननाघ्ने गरी, ५ करोड रुपैयाँको गुणकमा बोलकबोल गर्न सक्नेछन्। बोलकबोल ब्याजदरका आधारमा हुनेछ र बहुब्याजदरमा पनि प्रस्ताव पेश गर्न सकिनेछ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।
यो निक्षेप संकलन उपकरणको अवधि ९७ दिनको रहनेछ। जसको साँवा र ब्याज आगामी साउन २० गते भुक्तानी गरिनेछ।
फेसबुक प्रतिक्रिया













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल