
काठमाडौं । सरकारले शनिबार र आइतबार सार्वजनिक विदा लागू गरेपछि इन्धन खपतमा केही कमी आउने अपेक्षा गरिएको थियो । तर व्यवहारमा पेट्रोलको खपत लगभग यथावत् रहेको र डिजेलको खपतमा मात्र सीमित गिरावट आएको छ । विशेषगरी विद्यालय बन्द हुँदा डिजेलको प्रयोग घटेपनि समग्र इन्धन मागमा उल्लेखनीय कमी नआएको हो ।
नेपाल आयल निगमका अनुसार पेट्रोलको खपतमा कुनै उल्लेखनीय परिवर्तन नदेखिए पनि डिजेलको खपतमा सामान्य गिरावट आएको छ । यसले सार्वजनिक बिदा वा प्रशासनिक समय परिवर्तनले मात्र इन्धन खपत नियन्त्रण गर्न कठिन हुने संकेत गरेको छ । धेरै मानिसहरु बिदाको समय विभिन्न ठाउँमा घुम्न जाने गर्छन् । बाइक वा निजी कारमा जाने हुँदा प्रेट्रोलको प्रयोग बढेको निगम स्रोतले जनाएको छ ।
यसैबीच, नेपाल आयल निगमको वित्तीय अवस्था भने झन् दबाबमा परेको छ । मूल्य स्थिरिकरण कोषमा जम्मा भएको रकम तीव्र रुपमा खर्च हुँदै गएको छ । करिब १७ अर्ब रुपैयाँ रहेको उक्त कोषमध्ये १३ अर्ब रुपैयाँभन्दा बढी रकम प्रयोग भइसकेको छ । कोषको मूल उद्देश्य अन्तर्राष्ट्रिय बजार मूल्यको उतारचढावलाई सम्हाल्दै उपभोक्तालाई तत्काल राहत दिनु भए पनि यसको द्रुत प्रयोगले दीर्घकालीन वित्तीय स्थायित्वमाथि प्रश्न उठाएको छ ।
निगमको आन्तरिक अवस्था पनि चुनौतीपूर्ण रहेको देखिन्छ । आयल निगमका ती अधिकारीका अनुसार कम्पनीको सञ्चित घाटा करिब १५–१६ अर्ब रुपैयाँसम्म पुगेको छ । पछिल्लो समय (वैशाख १८ गते) निगमले पेट्रोल र डिजेलको मूल्य समायोजन गर्दै भाउ घटाए थियो । यता, खाना पकाउने एलपी ग्यासको मूल्य वृद्धि गरिएको छ । तर पनि निगमले प्राक्षिक १ अर्ब ८१ करोड रुपैयाँ बराबरको घाटा व्यहोरेको छ ।
इन्धन आपूर्तिमा नेपाल पूर्ण रुपमा आयातमा निर्भर रहँदा अन्तर्राष्ट्रिय बजार मूल्य र अमेरिकी डलरको विनिमय दरको उतारचढावले प्रत्यक्ष प्रभाव पारिरहेको छ । यस्ता बाह्य आर्थिक दबाबसँगै आन्तरिक रुपमा मूल्य स्थिरिकरण कोषको प्रयोग बढ्दै जाँदा निगमको वित्तीय संरचना थप कमजोर बन्दै गएको छ ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना