घोराही सिमेन्टको नोक्सानी घट्यो

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको नोक्सानी घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नोक्सानी घटेको हो ।

कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ३ अर्ब ५५ करोड ११ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी ३ अर्ब ५२ करोड ६५ लाख रुपैयाँ थियो । यो अवधिमा कम्पनीको खुद नोक्सानी अझै पनि १५ करोड ८६ लाख रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिको कम्पनी ५५ करोड ४३ लाख रुपैयाँले नोक्सानीको रहेको थियो ।

यो अवधिमा कम्पनीले ३१ करोड ५५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्ष यस्तो मुनाफा मात्र १ करोड ७३ लाख रुपैयाँ थियो । कम्पनीले प्रशासनिक र बिक्री वितरण खर्चलाई गत आर्थिक वर्षको १९ करोड ७९ लाख रुपैयाँबाट घटाएर १३ करोड ८४ लाख रुपैयाँमा झारेको छ, जसले गर्दा सञ्चालन मुनाफामा सुधार देखिएको हो ।

कम्पनीको खुद नाफालाई अझै पनि ४९ करोड १८ लाख रुपैयाँको वित्तीय खर्चले दबाबमा राखेको देखिन्छ । यद्यपि, ब्याज खर्च गत आर्थिक वर्षको (६८ करोड ८७ लाख) तुलनामा घटेको छ । यो अवधिमा कम्पनीको इपिएस ४.२१ रुपैयाँले ऋणात्मक रहेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ७ पैसा रहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार