
काठमाडौं । सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आज बस्ने भएको छ । परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनपछि परिषद् सचिवालयले बैठकको समय तय गरेको हो ।
परिषद् सचिवालयले बुधबार जारी गरेको सूचनाअनुसार बैठक आज अपराह्न ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजना हुनेछ । बैठकको मुख्य विषय सर्वोच्च अदालतका लागि प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने रहने जनाइएको छ ।
बैठकमा सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानून न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधिसभामा विपक्षी दलका नेता भीष्मराज आङ्देम्बे तथा उपसभामुख रुवी कुमारीलाई सहभागी हुन निमन्त्रणा गरिएको छ ।
सर्वोच्च अदालतको नेतृत्व रिक्त रहेको अवस्थामा प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउन परिषद्को बैठकलाई महत्वका साथ हेरिएको छ । परिषद्को सिफारिसपछि संवैधानिक प्रक्रियाअनुसार नियुक्तिको बाँकी प्रक्रिया अघि बढ्नेछ ।













समाचार
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक
देशभर मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त
चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार तीव्र
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज