
काठमाडौं । भारतको पश्चिम बङ्गाल राज्यमा चुनावी परिणामपछि नयाँ राजनीतिक तथा संवैधानिक सङ्कट छाएको छ । राज्यपाल आर. एन. रविले पश्चिम बङ्गाल विधानसभा विघटन गर्ने आदेश गरेसँगै संवैधानिक सङ्कट देखा परेको हो ।
राज्यपालले जारी गरेको आदेशमा भारतीय संविधानको धारा १७४(२)(ब) अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै बिहीबारदेखि लागू हुने गरी विधानसभा विघटन गरिएको बीबीसी हिन्दीले जनाएको छ । विधानसभा चुनावमा तृणमूल कांग्रेस पराजित भएपछि मुख्यमन्त्री ममता बेनर्जीले तत्काल राजीनामा दिन अस्वीकार गरेपछि त्यहाँ राजनीतिक टकरावको अवस्था सिर्जना भएको हो । चुनावमा भारतीय जनता पार्टीले भारी बहुमत प्राप्त गरेको छ । भाजपाले २०७ सिट जित्दा तृणमूल कांग्रेस केवल ८० सिटमा सीमित भएको छ । ममता बेनर्जी आफ्नै चुनावी क्षेत्र भवानीपुरबाट भाजपा नेता शुभेन्दु अधिकारीसँग १५ हजारभन्दा बढी मतले पराजित भएकी छिन् ।
भाजपाका नेताहरूका अनुसार नयाँ सरकारले भोलि शपथ लिने तयारी छ । यद्यपि ममताले पद नछोड्ने घोषणा गरेपछि संवैधानिक प्रक्रिया र राज्यपालको भूमिकाबारे व्यापक बहस शुरु भएको छ । यदि मुख्यमन्त्रीले राजीनामा नदिए संविधानको धारा ३५६ प्रयोग गरी राज्यमा संवैधानिक व्यवस्था भङ्ग भएको भन्दै राष्ट्रपति शासन लागू गर्न सकिने सम्भावना समेत रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
ममता बेनर्जीले भने आफूहरूलाई जनमतबाट नभई षड्यन्त्रपूर्वक हराइएको दाबी गर्दै राजीनामा दिन अस्वीकार गर्दै आएकी छन् । उनले चुनाव निष्पक्ष नभएको आरोप लगाउँदै परिणामविरुद्ध अदालत जाने संकेत समेत गरेको समाचारमा जनाइएको छ ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो