
काठमाडौं । सरकारले आगामी आर्थिक विधेयक, २०८३ मार्फत हरित करसम्बन्धी व्यवस्थामा महत्वपूर्ण संशोधन गरेको छ । सरकारले बजेटमार्फत ३६० वटा वस्तुमा लाग्दै आएको अन्तःशूल्क खारेज गरी भन्सार बिन्दुमा संकलन हुने पूर्वाधार विकास कर, सडक मर्मत तथा सुधार दस्तुरजस्ता छरिएका करलाई एकीकृत गरी हरित करमा समाहित गरेको हो ।
छरिएर रहेका करका शीर्षकहरुलाई एकीकृत गरी राजस्व बढाउने उद्देश्यले हरित कर शीर्षकमा बढाइएको हो । आर्थिक विधेयकअनुसार हरित कर पेट्रोलमा साबिकको प्रतिलिटर रु १ बाट बढाएर प्रतिलिटर रु १५ बनाइएको छ । यसमा सडक मर्मत दस्तुर, पूर्वाधार विकास करलगायतका करहरु समायोजन गरी हरित करमा राखिएको छ । त्यस्तै, हाइ स्पीड डिजेल प्रतिलिटर रु १ बाट बढाएर रु १३ पुर्याइएको छ । विद्युत् सञ्चित गर्ने खालको इलेक्ट्रिक एकुमुलेटर, तिनका विभाजक सपोटर, पावर बैंक जस्ता वस्तुमा १५ प्रतिशत हरित कर लगाइएको छ । त्यस्तै, भ्याकुम क्लिनर तथा त्यसका पाटपूर्जामा ५ प्रतिशत हरित कर लगाइएको छ ।
स्पार्किङ प्लग, डिस्ट्रिब्युटर, स्टार्टर जेनेरेटर तथा अन्य जेनेरेटरहरुमा पनि ५ प्रतिशत हरित कर लगाइएको छ । स्मार्ट फोन, सेलुलर सञ्जालहरु वा अन्य तारबिहीन सञ्जालका लागि प्रयोग हुने टेलिफोनहरुमा ५ प्रतिशत हरित कर लगाइएको छ । त्यस्तै, स्मार्ट घडीमा १५ प्रतिशत र नेटवर्किङ स्वीच, राउटरलगायत वस्तुमा ५ प्रतिशत हरित कर लगाइएको छ । माइक्रोफोन तथा त्यसका स्टान्डहरुमा १५ प्रतिशत, लाउड स्पिकर, हेडफोन तथा एअरफोनमा १० प्रतिशत, सिमकार्ड, मेमोरी कार्ड, स्मार्ट कार्ड, प्रोजेक्टरलगायतका वस्तुमा पनि १० प्रतिशत हरित कर लगाइएको छ । सङ्ग्रहण उपकरण समाविष्ट भएका ट्रान्समिसन उपकरणहरु, टेलिभिजन क्यामेरा, डिजिटल क्यामेरा, भिडियो क्यामेरा रेकर्डर, सिसीटिभी क्यामेरा जस्ता वस्तुमा ५ प्रतिशत हरित कर लगाइएको छ । एक हजार भोल्ट ननाघ्ने भोल्टेजका लागि विद्यतीय सर्किटहरुलाई स्वीच गर्न वा संरक्षण गर्नका लागि वा विद्युतीय सर्किटहरुमा सम्पर्क बनाउनका लागि प्रयोग हुने विद्युतीय उपकरणहरु जस्तै, स्वीच, रिले, फ्युज, सर्च सप्रेसर, प्लग, सकेट, ल्याम्प होल्डर, अन्य कनेक्टरहरु तथा अप्टिकल फाइबरमा १५ प्रतिशत हरित कर लगाइएको छ । साथै इलेक्ट्रोनिक चुरोटहरु, भेपमा ६० प्रतिशत हरित कर लगाइएको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम