
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । सोमबारसम्मको अवधिमा भने करिब २ दर्जनको आवेदन परिसकेको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।
आज ५ बजेसम्मको समयसम्म अध्यक्षका लागि आवेदन दिन सकिने छ । सरकारले बीमा प्राधिकरणको अध्यक्षमा बीमा क्षेत्रमा कार्यरत उच्च तहका अधिकारीहरु, बीमा बिषयमा अध्यापन गराउँदै आएका विज्ञहरु, पूर्व प्रसासक, नियामक निकायका पूर्व उच्च अधिकारीहरुबाट आवेदन परेको स्रोतको भनाइ छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट संयोजक, अर्थ सचिव घनश्याम उपाध्याय र प्रा.डा. फत्त बहादुर केसी विज्ञ सदस्य रहेको बीमा प्राधिकरणको अध्यक्ष छनौट समिति गठन गरिएको थियो । सोही समितिले प्राप्त आवेदनको सर्टलिष्ट गरी कार्यक्षमता परिक्षण तथा प्रस्तुती समेत लिई अन्तिम ३ जनाको नाम नेपाल सरकार समक्ष नियुक्तीका लागि सिफरिस गरिनेछ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व