
काठमाडौं । विश्व सगरमाथा दिवसको अवसरमा हिमाली जिल्ला दोलखाको कालिन्चोक क्षेत्रमा हाई अल्टिच्युड टग अफ वार प्रतियोगिता सम्पन्न भएको छ । समुद्री सतहबाट ३ हजार ४ सय ५० मिटर उचाईमा रहेको धार्मीक पर्यटकीय क्षेत्र कालिन्चोकको कुरी बजारमा सम्पन्न प्रतियोगिता नेपालकै सबैभन्दा अग्लो स्थानमा आयोजना गरिएको हो । कोशी, बागमती, कर्णाली–सुदुरपश्चिम तथा दोलखा गरी ४ टोलिको सहभागीता रहेको प्रतियोगिताको फाईनलमा बागमती प्रदेशलाई २–० को सोझो सेटमा पराजित गर्दै कोशी प्रदेशले पहिलो स्थान हासिल गरेको छ ।
यस अघि बागमतीले कर्णाली–सुदुरपश्चिमलाई २–१ ले हरायो भने कोशीले दोलखालाई २–० ले पराजित गर्न सफल भयो । प्रत्येक टोलिमा ८ जना मुख्य तथा २ जना वैकल्पिक गरी ४० खेलाडीको सहभागीता रहेको प्रतियोगिताका सहभागीलाई कालिन्चोक गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकीले शुभारम्भ गरेका थिए । अल्पाईन स्पोर्टस फेडेरेशनको आयोजना तथा नेपाल टग अफ वार एसोसियसनको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगताको विजेतालाई काठमाडौमा एक कार्यक्रम गरी पुरस्कृत गरिनेछ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह