
मुस्ताङ । मुस्ताङमा पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमका अनुसार सन् २०२६ को जनवरीदेखि मेसम्म सार्क राष्ट्रका एक लाख २९ हजार ३४१ र अन्य राष्ट्रका १३ हजार ३९८ जनाले यहाँ भ्रमण गरेका हुन् ।
मे महिनामा मात्रै ६५ हजार ९९४ जना विदेशी पर्यटक यहाँ आउँदा तीमध्ये सार्क राष्ट्रका ६१ हजार ७९८ र अन्य राष्ट्रका चार हजार १९६ रहेका एक्याप कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए ।
अघिल्लो वर्षको जनवरीदेखि मेसम्म ५५ हजार ७५३ जना विदेशी पर्यटक यहाँ भित्रिएकामा सन् २०२६ को सोही अवधिमा ८६ हजार ९८६ जना विदेशी पर्यटक भ्रमणमा आएको एक्यापले जनाएको छ ।
सन् २०२६ को पाँच महिनामा सार्कका ९१ प्रतिशत र अन्य राष्ट्रका नौ प्रतिशत पर्यटक मुस्ताङ आएका हुन् । सार्कतर्फ भित्रिएका पर्यटकको सङ्ख्यामध्ये करिब शतप्रतिशत भारतीय रहेको एक्याप प्रमुख गुप्ताले जानकारी दिए । मे महिनामा मात्रै सार्कतर्फ ९४ प्रतिशत र अन्यतर्फ छ प्रतिशत विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका उनले बताए ।
गर्मी बिदाको अवसर पारेर यहाँ आएका भारतीय पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी मुक्तिनाथ दर्शन गर्न जाने गरेको गुप्ताले जानकारी दिए । सन् २०२५ मा एक लाख ६१ हजार १२२ जना विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू