
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा विशेष परिस्थिति सिर्जना भएको छ । चुनावबाट आएको नेतृत्वले विचैमा राजीनामा दिए पछि अहिले संघ विशेष साधारणसभा तथा महाधिवेशनको चयारीमा जुट्नु परेको हो । संघका निर्वाचित पदाधिकारीमध्ये दुई तिहाइभन्दा बढीले सामूहिक राजीनामा दिएपछि उत्पन्न विवादलाई निकास दिन संघले आगामी जेठ २४ गते विशेष साधारणसभा तथा निर्वाचन गर्न लागेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्देशनपछि संघको विधानको दफा २६ (४) (ख) बमोजिम सल्लाहकारहरूको रोहवरमा गठन गरिएको प्रबन्ध समितिले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । संघको विधानमा दुई तिहाइ पदाधिकारीले राजिनामा दिएको खण्डमा विशेष साधारणसभा प्रयोजनका लागि प्रबन्ध समिति बन्ने र त्यसले २१ दिन भित्र निर्वाचन गराउनु पर्ने व्यवस्था रहेको छ । सोही अनुसार निर्वाचनलाई अघि बढाइएको निर्वतमान अध्यक्ष तथा प्रबन्ध समितिका सदस्य राजेन्द्र भण्डारीले जानकारी दिए ।
संघभित्रको लामो विवाद अन्त्य गर्दै नयाँ नेतृत्व चयनका लागि सबै व्यवसायीलाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन उनले आग्रह गरे। उनले निर्वाचनलाई संघको भविष्य निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरे । भण्डारीले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गरिने स्पष्ट पार्दै कुनै पनि बहानामा प्रक्रिया नरोकिने बताए । उनले संघलाई निकास दिन सरोकारवाला पक्षबीच निरन्तर संवाद भइरहेको जानकारी पनि दिए ।
संघका अध्यक्ष भुवनसिंह गुरुङको कार्यकालमा पदाधिकारीहरूबीचको मतभेद चर्किंदै जाँदा संघभित्रको विवाद उत्कर्षमा पुगेको थियो । त्यसपछि अधिकांश पदाधिकारीले सामूहिक राजीनामा दिएसँगै संघ नेतृत्वविहीन जस्तै अवस्थामा पुगेको हो । यसैबीच मंगलबार प्रबन्ध समितिका प्रतिनिधिसहित करिब ६० जना व्यवसायीहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसँग भेटवार्ता गरी संघको वर्तमान अवस्था, निर्वाचन प्रक्रिया र व्यवसायीहरूको चासोबारे छलफल गरेका थिए ।
वर्षौंदेखि वैदेशिक रोजगार क्षेत्रको छाता संगठनको रूपमा रहेको संघमा हुन लागेको निर्वाचनलाई व्यवसायीहरूले नेतृत्व संकट समाधान गर्ने निर्णायक अवसरका रूपमा लिएका छन्। निर्वाचनसँगै संघले नयाँ नेतृत्व पाउने र लामो समयदेखिको आन्तरिक विवाद अन्त्य हुने अपेक्षा गरिएको छ ।













समाचार
लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाइज बागमती’ सार्वजनिक
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन
सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक
सेयर बजारको गिरावटमा लागेन ब्रेक, परिसूचक ७ अंकले घट्दा ४ अर्बको कारोबार
विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
चालु खाता ८०२ अर्ब एवम् शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा
रेमिट्यान्स आप्रवाह ३८ प्रतिशतले बढ्यो, ११ महिनामा २१ खर्ब बढी भित्रियो
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ