
काठमाडौं । लेबनानी हिजबुल्लाह समूहका प्रमुख नाइम कासेमले लेबनान र इजरायली राजदूतहरूले घोषणा गरेको सशर्त युद्ध विरामलाई स्वीकार्न नसकिने बताएका छन् । उनले बृहत् युद्धविराम र पूर्ण इजरायली फिर्तीको माग गर्दै अन्यथा उत्तरी इजरायलमा नयाँ आक्रमणको चेतावनी दिएका हुन् ।
अमेरिकामा लेबनानी र इजरायली प्रतिनिधिहरूले सशर्त युद्धविरामका लागि सहमति जनाएलगत्तै हिजबुल्लाहको प्रतिक्रिया आएको हो । लेबनानका राष्ट्रपतिले यो सहमतिलाई लडाइँको दिगो अन्त्यको लागि ‘अन्तिम मौका’ भन्नुभएको छ । हेजबुल्लाहले भने इजरायल–लेबनान वार्तालाई अस्वीकार गरेको छ ।
इजरायली सेना लेबनानी क्षेत्रभित्र तैनाथ गरिएको छ र इरान समर्थित लडाकु समूह हेजबुल्लाहले इजरायलमाथि आक्रमण जारी राखेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित
नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै
ह्यालान्डको गोलमा सिटीको जित
कोरिडोर केन्द्रित कृषि उत्पादन कार्यक्रम
सुखद खबरको पर्खाइमा परिवार
किभमा तीन दिन हवाई आक्रमण रोक्न पुटिनको आदेश
भोटेकोशी विपद्को असरबाट पोखराको पर्यटन जोगाउन निजी क्षेत्रको चिन्ता
‘मातृत्व जोगाउने अभियान’ : टेम्केमैयुङका १३७ महिलाको निःशुल्क क्यान्सर परीक्षण
भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन
कास्कीमा प्रहरी कार्यालयबाट डीएनए संकलन