नेप्सेमा ७ करोड ७१ कित्ता सेयर सूचीकृत

काठमाडौं । यो साता नेप्सेमा ७ करोड ७१ लाख बढी कित्ता सेयर सूचीकृत भएको छ । यस साता ३ कम्पनीको ७ करोड ७१ लाख ६० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यस साता एनएमबि बैंक र माछापुच्छ्रे बैंकको अविमोच्य असञ्चिति सेयर र सोपान फर्मास्युटिकल्सको आईपीओ नेप्सेमा सूचीकृत भएको छ ।  याे साता एनएमबी बैंक एनएमबी अविमोच्य असञ्चिति अग्राधिकार सेयर २५ प्रतिशत,  ‘एनएमबीपीएनपी’ को ३ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएकाे छ ।

माछापुच्छ्रे बैंकको ३ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। सोपान फर्मास्युटिकल्सको १ करोड ७१ लाख ६० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार