
काठमाडौं । श्री मोक्ष धर्म द्वीप च्यारिटीको आयोजनामा बौद्ध आध्यात्मिक सम्मान तथा दर्शन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । टुल्कु धावा नोर्बु रिन्पोछेज्युको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा दक्षिण भारतको मैसुरस्थित नाम्ड्रोलिङ गुम्बामा लोसुम, धावासुम (३ वर्ष ३ महिना)को कठोर ध्यान साधना सफलतापूर्वक पूरा गरेका पाँच जना लालोप दुप्ता धर्मगुरुहरुलाई विशेष सम्मान गरिएको थियो।
सम्मानित हुने धर्मगुरुहरूमा लोपोन पेमा छिरिङ, लोपोन डावाड सेरिङ, लोपोन डिमा दोर्जे, लोपोन सांगे मिग्युर र लोपोन दोर्जे तामाङ रहेका छन् । बौद्धस्थित रामनगर पार्टी प्यालेसमा सम्पन्न कार्यक्रममा श्रद्धालु भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा उपस्थित भक्तजनहरूले धर्मगुरुहरूबाट दर्शन तथा आशीर्वाद ग्रहण गरेका थिए ।
च्यारिटीका अध्यक्ष लामा ल्हाक्पा दोर्जे तामाङले कठोर ध्यान साधना सफलतापूर्वक सम्पन्न गरेका धर्मगुरुहरूप्रति श्रद्धा तथा सम्मान व्यक्त गरे । कार्यक्रम सफल बनाउन उपस्थित सम्पूर्ण आभार प्रकट गरे ।














समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि