काठमाडौं । इजरायल जानका लागि लिइँदै आएको भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ । परीक्षा व्यवस्थापनमा प्रश्न उठाउँदै परीक्षार्थीहरूले विरोध गरेपछि अंग्रेजी भाषा परीक्षा अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित गरिएको हो ।
व्यवस्थापन राम्रो नभएको र परीक्षा शुल्क धेरै भएको भन्दै परीक्षार्थीहरूले हिजो प्रदर्शन गरेका थिए । त्यस क्रममा झडप समेत भएको थियो । त्यसपछि इन्टरनेश्नल क्वालिफिकेसन प्रालि (सीआईआईएन)ले भाषा परीक्षा तत्कालका लागि स्थगित गरिएको जानकारी सामाजिक सञ्जाल मार्फत दिएको हो ।
सूचनामा परीक्षाको नयाँ मिति तथा समयसम्बन्धी जानकारी अर्को सूचनामार्फत दिने उल्लेख छ ।