
चितवन । यहाँका किसानले राज्यले तोकेका चैते धानको समर्थन मूल्य पाउन सकेका छैनन् । साना किसान कृषि सहकारी संस्था लि. का अध्यक्ष रामशरण पाठककले एक हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानले समर्थन मूल्य पाउन नसकेको बताए ।
पूर्वी चितवनको खैरहनी नगरपालिकामा रहेको साना किसान कृषि सहकारी संस्था लि का अधिकांश किसानले समर्थन मूल्य नपाएका हुन् । समर्थन मूल्यसमेत नपाएपछि भने किसान दुःखी भएका छन् । भरतपुर महानगरपालिका–२८, राप्ती कृषि तथा पशुपालन समूहका सचिव रञ्जीत पौडेलले किसानले समर्थन मूल्य नपाउँदा किसान निरासा भएको बताए ।
जिल्लामा चैते ५, हर्दिनाथ १, पिआर, टाइचिन जातका चैते धान खेती गरिएको थियो । भरतपुर महानगरपालिका वडा नं २८ मा रहेको राप्ती कृषि तथा पशुपालन समूहका सचिव रञ्जीत पौडेल समर्थन मूल्य नपाउँदा किसानलाई मर्का परेको बताए ।
कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले चैते धानको समर्थन मूल्य तोक्न सरकारले ढिलाइ गरेको बताए। यस वर्ष चितवनमा नौ हजार हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको छ ।












समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन