
बाजुरा । बाजुराको हिमाली गाउँपालिकास्थित लाम्पाटामा स्थापना गरिएको अस्थायी संयुक्त सुरक्षा वेशमा बन्दोबस्तीका सामग्री पुर्याइएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकबाट पठाइएका ती सामग्री बाजुरास्थित गुल्मबाट बुधबार बिहान हेलिकोप्टरमार्फत लाम्पाटा पुर्याइएको हो ।
उक्त स्थानमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा गत जेठ ३१ गते सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा वेश स्थापना गरिएको थियो । नं. ७ बैध्यनाथ बाहिनी मुख्यालयका बाहिनिपती सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीले लाम्पाटा पुगेर त्यहाँ तैनाथ सुरक्षाफौजको कामकारबाही बारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
सशस्त्र मुख्यालयबाट परिचालन गरिएको सो टोलीलाई अनुगमन, निर्देशन र आवश्यक समन्वयसमेत हेडक्वार्टरबाटै हुनेछ । सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सो टोली २७ जेठमा त्यसतर्फ प्रस्थान गरेको थियो । केही दिनयता सो क्षेत्रमा बाजुरा र हुम्लाका नागरिकबीच सामान्य विवाद उत्पन्न भएको थियो ।













समाचार
त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला भर्ने दर्शनार्थीको भीड
सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति
चिनाखेतका पहिरो पीडितलाई नगरपालिकाको राहत
धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु
ब्राउन सुगरसहित एक जना पक्राउ
पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १५ लाख धरौटीमा थुनामुक्त
मधेशको पछिल्लो घटनाबारे गृहमन्त्री र उद्योगमन्त्रीले गरे सांसदहरूसँग छलफल, कसले के भने ?
युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु
साँस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने
पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा मृत्यु भएका किलुको मंगलबार अन्त्यष्टि हुने