
काठमाडौं । हेटौँडा औद्यागिक क्षेत्रभित्रका बक्यौता तिर्न बाँकी उद्योगहरूमध्ये केही उद्योगबाट रु चार करोड बक्यौता रकम सङ्कलन भएको छ ।
बक्यौता तिर्न बाँकी उद्योगहरूको लाइन काट्न थालिएसँगै उद्योगीहरूले रकम बुझाएर पुनःलाइन जोड्न थालेसँगै उक्त बक्यौता रकम सङ्कलन भएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, हेटौँडा कार्यालयका सूचना अधिकारी हिमालय भण्डारीले जानकारी दिए । उनका अनुुसार कार्यालयले हालसम्म करिब ६० उद्योगको विद्युत् लाइन काटेकामा बक्यौता रकम बुझाउन आउने उद्योगको पुनः लाइन जोड्ने काम पनि भइरहेको छ ।
लाइन काट्ने काम जारी रहने उल्लेख गर्दै सूचना अधिकारी भण्डारीले शनिबार र आइतबार सार्वजनिक बिदा भएका कारण सोमबारदेखि मात्रै उक्त कार्यलाई निरन्तरता दिइने बताए । हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेका साना ठूला गरी कूल १३१ वटा उद्योगको बक्यौता तिर्न बाँकी करिब रु १३ करोड रहेको र बक्यौता रकम नबुझाएका सबै उद्योगको विद्युत् लाइन काटिने कार्यालयले जनाएको छ ।













समाचार
सेबोनको नयाँ आईपीओ मापदण्डको प्रस्तावमा इप्पानको आपत्ति, जलविद्युतलाई छुट्टै व्यवस्था गर्न माग
जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा
प्रसारण लाइन निर्माणः प्रभावितलाई दश करोड ३३ लाख मुआब्जा
रोयल इन्फिल्डको ‘वान राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी सहभागी
भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि
रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति
प्रधानमन्त्री बालेन्द्र शाह यूएन महासभामा भाग लिन अमेरिका प्रस्थान, असोज ८ मा सम्बोधन गर्ने
“सीप र रोजगारी : साझा जिम्मेवारी” भन्ने मूल नाराका साथ रोजगार मेला, २०८३ हुँदै
नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान
सडक निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो, ७३ लाख ६१ हजार बिगोसहित ८ जनाविरुद्ध मुद्दा