
बाजुरा । जिल्लाको बडीमालिका नगरपालिकाका वडा १ र ७ लाई छाउपडी गोठमुक्त वडाका रूपमा घोषणा गरिएका छन् । नगर उपप्रमुख नन्दा थापाले हालै आयोजित कार्यक्रममा ती वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गरेकी हुन् ।
छाउपडी गोठमुक्त वडा घोषणाका लागि न्यूनतम मापदण्ड पूरा गर्नुपर्नेछ । बडीमालिका नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख केशरी रोकायाका अनुसार नगरपालिकाको ती दुई वटै वडालाई छाउपडी गोठमुक्त वडाका रूपमा घोषणा गरिएकोे हो ।
महिला तथा बालबालिका शाखाले सञ्चालन गर्दै आएको महिलासँग उपप्रमुख कार्यक्रममार्फत वडामा रहेका गोठको अनुगमन गरी उनीहरुलाई छाउ प्रथाको अभिमुखीकरणपछि गोठमुक्त घोषणा गरिएको वडा नम्बर ७ की वडा सचिव सरिता ठकुल्लाले जानकारी दिइन् ।
उनका अनुसार महिनाबारी भएका महिलालाई घरमै बस्ने वातावरण बनाउने गरी वडालाई औपचारिक कार्यक्रमका बीच छाउपडी गोठमुक्त वडा घोषणा गरिएको हो ।












समाचार
वाग्मतीमा डेब्रिज थुप्रिनु काठमाडौं डुबानको मुख्य कारण
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न Samsung
कर्णालीमा ‘सरसफाइ तथा स्वच्छता विधेयक’को मस्यौदामाथि छलफल
साताको सुन : हप्ता दिनमा ११ हजार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य
सातामा सामान्य अंक बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो ? कति घट्यो?
अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा, केप भर्डे पराजित
एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ
पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलोपटक अन्तिम १६ मा
आजको मौसम : मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना