
काठमाडौं । कोलम्बिया फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटी स्टेडियममा शनिबार बिहान भएको खेलमा घानालाई १–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो ।
कोलम्बियाको जितमा जोन एरियासले निर्णायक गोल गरे । जोनले खेलको १४औं मिनेटमा लुइस स्वारेजको पासमा गोल गरेका थिए । योसँगै अन्तिम १६ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ ।अब कोलम्बियाले क्वार्टरफाइनल प्रवेशका लागि स्विट्जरल्यान्डसँग खेल्नेछ ।
सातौं पटक विश्वकप खेलिरहेको कोलम्बियाले दोस्रोपटक नकआउट चरणमा जित निकालेको छ । यसअघि सन् २०१४ को विश्वकपमा कोलम्बिया क्वार्टरफाइनलसम्म पुगेको थियो । कोलम्बियाले समूह चरणमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ७ अंकका साथ समूह ‘के’ को विजेता बन्दै राउन्ड अफ ३२ मा प्रवेश गरेको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
पर्यटन प्रवर्द्धनका लागि बाँके निकुन्जलाई ‘ब्रान्डिङ’ गरिँदै
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले बुधबार विश्वासको मत लिने
कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै
टेस्ट क्रिकेटमा सबैभन्दा छिटो १०० छक्का प्रहार गर्ने खेलाडी बने ऋषभ पन्त
सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ‘ऐतिहासिक पहिचान’
संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
मजपोक–ताराखोला सडक स्तोन्नती गर्न पाँच करोड सुनिश्चित
रासायनिक मलको कालोबजारी गरेको आरोपमा मुद्दा
चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार