
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार मात्रै आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्यो । मौद्रिक नीति आउने दिने दोहोरो अंकले बढेको सेयर बजार त्यस पछिको पहिलो कारोबार दिन बुधबार पुँजी बजारमा उच्च गिरावट देखिएको छ ।
बुधबारको करोबार बन्द हुँदा नेप्से परिसूचक ३०.०९ अंकले घटेको छ । यो अघिल्लो दिनको भन्दा १.१३ प्रतिशतले कम हो । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६२१.५९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २४७ कम्पनीको सेयर मूल्य घटेको छ भने २५ कम्पनीको सेयर मूल्य आज बढेको छ । त्यस्तै आज ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ३.९३ अंकले घटेर ४५६.६८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये एउटाको मात्रै सेयर मूल्य बढेको छ । बाँकी १२ वटा उपसूचकको सेयर मूल्य घटेको छ ।
परिसूचक घटे पनि आज कारोबार रकममा भने वृद्धि भएको छ । आज सेयर बजारमा ४ अर्ब ८२ करोड माथिको कारोबार भएको छ । अघिल्लो दिन सेयर बजारमा ४ अर्ब ४० करोडको कारोबार भएको थियो । आज ३६२ कम्पनीका ८४ लाख ६३ हजार १५ कित्ता सेयर ७७ हजार ६२७ पटक खरिद बिक्री हुँदा ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार ८२५ रुपैयाँको कारोबार भएको छ ।













समाचार
बीमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा
धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै
चार कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’
गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ऊर्जा र पर्यटन मन्त्रीद्वारा ‘हेलो सरकार’को अवलोकन
हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी
मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न
जोखिममा आधारित पूँजी सम्बन्धी अन्तरक्रिया सम्पन्न
केवाईसी विवरण अद्यावधिक गर्न बीमितलाई सानिमा रिलायन्सको आग्रह
२ दिन राहदानी सेवा बन्द हुने
मौद्रिक नीतिलाई उधोग बाणिज्य महासंघले गर्यो स्वागत,मौद्रिक र वित्तीय नीतिको समन्वय भएमा अपेक्षाकृत आर्थिक रूपान्तरण सम्भव