
मकवानपुर । सरकारले सयदिने कार्यसूचीअन्तर्गत अघि बढाएको ‘सरकारी सेवा घरघर’ अभियान मकवानपुरमा प्रभावकारी बन्दै गएको छ।
नागरिकमैत्री सेवा प्रवाह गर्दै सरकारप्रति नागरिकको विश्वास र भरोसा अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत हुलाक सेवामार्फत मकवानपुरमा हालसम्म करिब २०० राहदानी सेवाग्राहीका घरमा पुर्याइएको जिल्ला हुलाक कार्यालयका प्रमुख रमेश लामिछानेले जानकारी दिए।
“घरमै राहदानी लिन चाहने सेवाग्राहीबाट जिल्ला प्रशासन कार्यालयमै हुलाक सेवाका कर्मचारीमार्फत पोस्टल इन्टरनल ट्र्याकिङ सिस्टम (पिआइटिएस) मार्फत रु ५५ शुल्क बुझाइन्छ,” उनले भने, “राहदानी विभागबाट राहदानी प्राप्त भएपछि हुलाक कार्यालयका कर्मचारीले सम्बन्धित सेवाग्राहीको घरमै पुगेर वितरण गर्ने गरेका छन्।”
मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकले शासकीय सुधारसम्बन्धी सयदिने कार्यसूची स्वीकृत गरेको थियो । उक्त कार्यसूचीको २७औँ बुँदामा हुलाक सेवालाई आधुनिकीकरण गरी ‘गभर्नमेन्ट कुरियर सर्भिस’का रूपमा विकास गर्ने तथा त्यसमार्फत राहदानी, नागरिकताको प्रतिलिपि, सवारीचालक अनुमतिपत्रलगायत सरकारी कागजात तथा सामग्री घरमै पुर्याउने व्यवस्था सय दिनभित्र लागू गर्ने उल्लेख गरिएको थियो।












समाचार
बीमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा
धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै
चार कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’
गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ऊर्जा र पर्यटन मन्त्रीद्वारा ‘हेलो सरकार’को अवलोकन
मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न
जोखिममा आधारित पूँजी सम्बन्धी अन्तरक्रिया सम्पन्न
केवाईसी विवरण अद्यावधिक गर्न बीमितलाई सानिमा रिलायन्सको आग्रह
२ दिन राहदानी सेवा बन्द हुने
मौद्रिक नीतिलाई उधोग बाणिज्य महासंघले गर्यो स्वागत,मौद्रिक र वित्तीय नीतिको समन्वय भएमा अपेक्षाकृत आर्थिक रूपान्तरण सम्भव
शैक्षिक परामर्श संस्थामा कडाइ, नगद कारोबारदेखि विद्यार्थी ठगीसम्म नयाँ व्यवस्था