
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ।
जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पहाडी भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा, मधेस प्रदेशका साथै कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
आज राति देशभर अधिकांश बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । तराई भूभागका धेरै स्थानमा चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै मधेस प्रदेशका तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।











समाचार
सूर्योदय वोमी लघुवित्तको ३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी
जलविद्युत् आयोजनाको ‘मकिङ’ले पहिरो र कटानको समस्या
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : पर्यटकका लागि आकर्षक गन्तव्य
कोरियाबाट फर्केर नर्सरी व्यवसायमा जमेका फिलिप टिकटकबाटै बेच्छन् बिरुवा
इतिहासलाई पर्यटनसँग जोड्दै लमजुङको हरसिङडाँडा
चार वटै अध्यादेश प्रतिस्थापन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण
विश्वकप फुटबल : फ्रान्स सेमिफाइनलमा, एमबाप्पेको गोल गर्ने क्रम जारी
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर