
काठमाडौं । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी विशेष अदालतको सफाइपछि कार्यालय फर्किएकी छन् ।नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रक्रियामा अनियमितता भएको दाबी गर्दै पहाडी मािथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दायर गरेसँग निलम्बनमा परेकी थिइन् ।
असार २५ को फैसलामा विशेष अदालतले यस प्रकरणमा कुनै बदनियत नदेखिएको ठहर गरेको थियो । न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले सबै १८ जना प्रतिवादीलाई सफाइ दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमको बिलिङ प्रणाली खरिद र मर्मत प्रक्रियामा अनियमितता भएको दाबीसहित २०८२ जेठ २५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यस मुद्दामा ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ बराबरको बिगो दाबी गरिएको थियो ।
अख्तियारको दाबीमा प्रतिस्पर्धाबिना ३ अर्ब १५ करोड रुपैयाँको ठेक्का सम्झौतामा अनियमितता देखिएको हो । टेलिकममा बिलिङ प्रणालीको सेवा उपलब्ध गराइरहेको थियो । टेलिकम सञ्चालक समितिले २४ पुस २०७९ मा एसिया इन्फो कम्पनीसँग चार बर्षका लागि मर्मतसम्भार सम्झौता गरेको थियो । त्यतिबेला एसिया इन्फो नामक कम्पनीले बार्षिक ६५ करोड रुपैयाँका दरले पाँच बर्ढासम्म ३ अर्ब रुपैयाँ बढी भुक्तानी पाउने अवस्था थियो । सरकारले २०८१ भदौ २१ गते टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको थियो ।













समाचार
सुप्रिम वाइन नेपालले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल नियुक्त
करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
नेशनल हाइड्रोको स्थगित साधारणसभा नयाँ मिति घोषणा
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर विक्रीमा
आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
होर्मुजमा जहाज आवागमन ठप्प प्रायः, समुद्री सुरक्षाका लागि साउदीको नयाँ पहल
असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क १५ दिनभित्र सम्बन्धित सेवाग्राहीलाई फिर्ता हुने