
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७० पैसा र बिक्रीदर १५३ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८३ पैसा रहेको थियो ।
आज युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७५ रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४३ पैसा रहेको थियो । आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ४७ पैसा र बिक्रीदर २०५ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ १० पैसा र बिक्रीदर २०४ रुपैयाँ ९१ पैसा रहेको थियो ।
स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ र बिक्रीदर १०६ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ १९ पैसा र बिक्रीदर ११८ रुपैयाँ ६६ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५३ पैसा र बिक्रीदर २२ रुपैयाँ ६२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ६७ पैसा र बिक्रीदर ४० रुपैयाँ ८३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०५ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर ४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४ रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ २३ पैसा र बिक्रीदर १० रुपैयाँ २७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५ रुपैयाँ ८८ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३५ पैसा र बिक्रीदर २३ रुपैयाँ ४४ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४८ पैसा र बिक्रीदर १९ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ १८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ १३ पैसा, बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ र ९९ पैसा बिक्रीदर ४०६ रुपैयाँ ५८ पैसा, ओमनी रियाल एकको खरिददर ३९६ रुपैयाँ ६० पैसा र बिक्रीदर ३९८ रुपैयाँ १६ पैसा रहेको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।











समाचार
विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
चालु खाता ८०२ अर्ब एवम् शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा
रेमिट्यान्स आप्रवाह ३८ प्रतिशतले बढ्यो, ११ महिनामा २१ खर्ब बढी भित्रियो
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने
पर्यटकीय पूर्वाधारमा केन्द्रित जनकपुरधाम
गोरखामा ५८ प्रतिशत धान रोपाइँ सकियो
भदौमा मनकामना इन्जिनियरिङ्ग हाईड्रोपावरको ५४ लाख भन्दा बढी कित्ताको लकइन सकिदै
आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना