
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत विभिन्न जटिल रोगको निःशुल्क तथा सहुलियत उपचार सेवा उपलब्ध गराउँदै आएका देशभरका सूचीकृत अस्पतालहरूलाई जेठ मसान्तसम्मको उपचार खर्चबापत करिब ३० करोड रुपैयाँ भुक्तानी गरेको छ।
बोर्डका अनुसार २०८३ असार २२ गतेको निर्णयअनुसार असार २३ गते देशभरका ११९ भन्दा बढी सरकारी, सामुदायिक तथा शिक्षण अस्पतालको बैंक खातामा कुल २९ करोड ८३ लाख १४ हजार ९९२ रुपैयाँ १४ पैसा निकासा गरिएको हो।
बोर्डका उपसचिव तथा लेखा प्रमुख पुष्पप्रसाद गुरागाईंका अनुसार चिकित्सकको प्रेस्क्रिप्सन, अस्पतालको सिफारिस तथा उपचारसम्बन्धी दाबी कागजातको सूक्ष्म परीक्षणपछि स्वीकृत दाबीअनुसार रकम सेवा प्रदायक स्वास्थ्य संस्थाको खातामा सिधै हस्तान्तरण गरिएको हो।
सबैभन्दा बढी रकम कुन अस्पतालले पाए ?
उपचार खर्चबापत एक करोड रुपैयाँभन्दा बढी शोधभर्ना प्राप्त गर्ने पाँच अस्पतालमध्ये चारवटा काठमाडौं उपत्यकाका रहेका छन्। सबैभन्दा बढी ३ करोड ६ लाख ५५ हजार ७५९ रुपैयाँ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीले प्राप्त गरेको छ। त्यसपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले १ करोड ५२ लाख ९८ हजार ६६६ रुपैयाँ, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले १ करोड ४० लाख ५ रुपैयाँ तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) ले १ करोड ३ लाख ९५ हजार ३४४ रुपैयाँ शोधभर्ना पाएका छन्।
काठमाडौं उपत्यकाबाहिर विराटनगर अस्पताल तथा नोबेल मेडिकल कलेजले १ करोड १४ लाख ४६ हजार २५४ रुपैयाँ उपचार खर्चबापत शोधभर्ना प्राप्त गरेका छन्। यस्तै, भक्तपुर क्यान्सर अस्पतालले ९६ लाख ३७ हजार ४५६ रुपैयाँ तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले ८५ लाख १५ हजार ९६३ रुपैयाँ उपचार खर्चबापत भुक्तानी प्राप्त गरेका छन्।
यसका अतिरिक्त वीर अस्पताल, कान्ति बाल अस्पताल, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, काठमाडौं क्यान्सर सेन्टर, आरोग्य फाउन्डेसन तथा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका प्रादेशिक तथा जिल्ला अस्पतालहरूले पनि विपन्न नागरिकलाई प्रदान गरेको उपचार सेवाबापत शोधभर्ना प्राप्त गरेका छन्।
स्वास्थ्य बीमा बोर्डले विपन्न नागरिकलाई कडा रोगको उपचारबाट आर्थिक भार कम गर्न तथा उपचार सेवामा सहज पहुँच सुनिश्चित गर्न यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना