
काठमाडौं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले गति लिन थालेको छ । व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता र व्यावसायिक दृष्टिकोणलाई प्राथमिकतामा राखेसँगै निगमको आम्दानी, सिट उपयोगिता तथा सञ्चालन व्यवस्थापनमा सुधार देखिएको हो ।
गत जेठ ५ गते खुला प्रतिस्पर्धाबाट छनोट भएका ५ जना स्वतन्त्र सञ्चालक तथा मन्त्रालयका दुई प्रतिनिधिसहित निगममा सात सदस्यीय सञ्चालक समिति गठन गरिएको थियो । गत असार ३० गतेको मन्त्रिपरिषद् निर्णयबाट हवाई सेवा क्षेत्रका विज्ञ महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकसहित कार्यकारी अध्यक्षमा नियुक्त गरिएको थियो ।
कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हालेपछि श्रेष्ठले तीन वर्षभित्र निगमलाई आत्मनिर्भर बनाउने लक्ष्य सार्वजनिक गरेका थिए । उनले जिम्मेवारी सम्हालेको पहिलो १५ दिनमा सञ्चालक समितिको तीनवटा बैठकसहित विभिन्न छलफल आयोजना गरी संस्थागत सुधारका कार्ययोजना, प्राथमिकता र रणनीति तय गरिएको जानकारी दिए ।
गत आर्थिक वर्षको असार महिनाको तुलनामा यस वर्षको असारमा निगमको आम्दानी करिब ३२ प्रतिशतले वृद्धि भएको निगमले जनाएको छ । गत वर्ष असारमा करिब ७५ प्रतिशत सिट उपयोगिता थियो भने यस वर्षको असारमा यो बढेर ८५ दशमलव चार प्रतिशत पुर्याउन सफल भएको निगमले जनाएको छ ।
निगमले उपलब्ध स्रोत, साधन र जनशक्तिको प्रभावकारी परिचालनमार्फत आम्दानी वृद्धि, अनावश्यक खर्च नियन्त्रण तथा सेवा विस्तारलाई प्राथमिकताका साथ अघि बढाएको छ । आगामी दिनमा सेवा सञ्जाल विस्तार, सञ्चालन दक्षता अभिवृद्धि र वित्तीय अनुशासनलाई थप सुदृढ बनाइने तयारी गरिएको छ ।
आफ्नो अनुभव, विज्ञता र अन्तरराष्ट्रिय सम्बन्धको उपयोग गर्दै नेपाल वायुसेवा निगमलाई आत्मनिर्भर, प्रतिस्पर्धी, पारदर्शी र विश्वसनीय राष्ट्रिय ध्वजावाहकका रूपमा स्थापित गर्ने प्रतिबद्धता कार्यकारी अध्यक्ष श्रेष्ठले व्यक्त गरेका छन् ।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना