
काठमाडौं । एनएमबी बैंक लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा उल्लेख्य सुधार आएको हो ।
बैंकले सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्ष नाफा, ब्याज आम्दानी र कुल व्यवसाय विस्तारमा उत्साहजनक सुधार देखिएको छ । बैंकले गत असार मसान्तसम्ममा ४ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्ले आर्थिक वर्षको भन्दा ४०.६० प्रतिशतले धेरै हो । बैंकको यस्तो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ८५ करोड रुपैयाँ रहेको थियो ।
बैंकको खुद ब्याज आम्दानी ८ अर्ब २ करोड रुपैयाँबाट १७.५२ प्रतिशतले बढेर ९ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको फि तथा कमिसन आम्दानी २ अर्ब १४ करोड रुपैयाँबाट बढेर २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा अघिल्लो आर्थिक वर्षको ४ अर्ब ७३ करोड रुपैयाँबाट २९.०६ प्रतिशतले बढेर ६ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।
राष्ट्र बैंकको नियम अनुसार विभिन्न कोषहरूमा रकम छुट्ट्याएपछि बैंकको नियामक समायोजन अघिको नाफा २ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ८७ करोड रुपैयाँ रहेको छ भने अविमोच्य असञ्चिति अग्राधिकार सेयरको लाभांश घटाएपछि साधारण सेयरधनीका लागि १ अर्ब ७५ करोड रुपैयाँ उपलब्ध रहेको छ । यस अनुसार साधारण सेयरधनीहरूका लागि प्रतिसेयर वितरणयोग्य नाफा ९ रुपैयाँ ८ पैसा कायम भएको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी २२ अर्ब २८ करोड ५० लाख रुपैयाँ रहेको छ । सञ्चित नाफा र अन्य जगेडा कोष गरी बैंकको कुल जगेडा कोष १५ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको ग्राहक निक्षेप २ खर्ब ८० अर्ब ९२ करोड रुपैयाँबाट बढेर ३ खर्ब १५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। बैंकले ग्राहकहरूलाई प्रवाह गरेको कर्जा २ खर्ब २८ अर्ब ४५ करोड रुपैयाँबाट बढेर २ खर्ब ४९ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।
बैंकको निष्कृय कर्जा समीक्षा अवधिमा ४.११ प्रतिशतबाट बढेर ४.९१ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ १८ पैसा र प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ १५ पैसा रहेको छ ।












समाचार
सामान्य बढ्यो सिदार्थ बैंकको नाफा, प्रतिसेयर आम्दानी कति ?
शाखा समायोजनसँगै माछापुच्छ्रे बैंकका ८ शाखा कार्यालय बन्द
चितवनमा गत आर्थिक वर्षमा ५२१ अनलाइन ठगीका निवेदन
इथियोपियामा धार्मिक अनुष्ठानका क्रममा पहिरोमा परि १४ जनाको मृत्यु, कैयौँ बेपत्ता
नेपाल स्काउटको निर्वाचन प्रक्रिया अघि बढाउन सातै प्रदेशलाई पत्राचार
विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता गराउन इप्पानको माग
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
नेपाली ब्रान्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्री गौरीकुमारी यादवको आह्वान