
चितवन । जिल्लामा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन् । ती निवेदनअनुसार गत आर्थिक वर्षमा अनलाइनमार्फत रु १२ करोड २२ लाख ८४ हजार ३३८ ठगी भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार ठगिएको रकममध्ये रु दुई करोड २९ लाख ९८ हजार ६४३ फिर्ता समेत गरिएको छ । पछिल्लो समय अनलाइन मार्केटिङ, सामाजिक, सञ्जालबाट लिङ्क पठाएर ठगी गर्ने गरिएको उनले बताए । यस्तै उपहार लिनका लागि जनाउँदै ठगी गरिएको उनले जानकारी दिए । उनका अनुसार अहिले दैनिक ठगीका निवेदन आउने गरेको छ । सामान्य रुपमा रु २०० देखि लाखौँसम्मको ठगीको उजुरी आएको उनले जानकारी दिए ।
अनलाइन ठगीका निवेदन आउने क्रम दैनिकजसो भएकाले यसबाट सजग रहन उनले आग्रह गरे । अपरिचित व्यक्तिले पठाएको रिक्वयष्ट एसेप्ट गर्ने, अनावश्यक लिङ्क नखोल्नेजस्ता कार्यहरु गर्न उनले आग्रह गरे । उनले भने, “अनलाइनको माध्यमबाट ठगीएको महसुस भए नजिकको प्रहरीकोमा सम्पर्क गर्नुहुन अनुरोध छ ।”
यस्तै गत आवमा साइबर क्राइमसम्बन्धी ३९० निवेदन दर्ता भएका छन् । यसमध्ये ३७५ निवेदनको फछ्र्योट भएका छन् । पन्ध्र निवेदन बाँकी छन् । यहाँ परेका निवेदनलाई नेपाल प्रहरी प्रदेश कार्यालयसँगको समन्वय गरेर काम गरिएको उनले जानकारी दिए । उनका अनुसार अघिल्लो आव २०८१–०८२ मा यो सङ्ख्या ४११ थियो । तीमध्ये ३९८ निवेदन फछ्र्योट गरिएको छ । यसमध्ये १३ बाँकी थियो ।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना