
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको नाफामा ३५ प्रतिशत बढीको वृद्धि देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवको भन्दा ३५.३४ प्रतिशतले नाफा बढेको हो ।
विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र प्रतिसेयर आम्दानीमा उल्लेख्य वृद्धि देखिएको छ । गत आर्थिक वर्षको अन्तिमसम्ममा बैंकले १ अर्ब ६८ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष यस्तो नाफा १ अर्ब २४ करोड ७६ लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा बैंकले ३ अर्ब ८१ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ६१ करोड २० लाख रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा ४२.६५ प्रतिशत बढेर २ अर्ब ५८ करोड १ लाख रुपैयाँ पुगेको छ ।
असुलीमा आएको सुधार तथा जोखिम व्यवस्थापनका कारण गत आर्थिक वर्ष बैंकले ४ करोड ९० लाख रुपैयाँ बराबरको इम्पेरमेन्ट चार्ज छुट्याएको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो चार्ज ६४ करो ७० लाख रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ४ पैसा पुगेको छ । त्यस्तै प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ २६ पैसा रहेको छ । बैंकले साधारण सेयरधनीहरूका लागि लाभांश वितरण गर्न सक्ने सबल क्षमता बनाएको छ । नियमनकारी समायोजनहरूपश्चात् गत आर्थिक वर्षमा बैंकको खुद वितरणयोग्य नाफा १ अर्ब २१ करोड ६९ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सञ्चित नाफाबाट बोनस सेयर तथा नगद लाभांश समायोजन गरेपछि असार मसान्तसम्म बैंकको कुल वितरणयोग्य नाफा १ अर्ब २१ करोड ७९ लाख रुपैयाँ कायम भएको छ । साधारण सेयरधनीहरूका आधारमा बैंकको प्रतिसेयर वितरणयोग्य नाफा २० रुपैयाँ २३ पैसा कायम भएको छ ।
बैंकको चुक्ता पूँजी अघिल्लो आर्थिक वर्षको ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँबाट बढेर ६ अर्ब २ करोड १४ लाख रुपैयाँ पुगेको छ । सञ्चित नाफा र अन्य जगेडा कोष गरी बैंकको कुल इक्विटी १० अर्ब ६७ करोड ३२ लाख रुपैयाँ पुगेको छ ।











समाचार
गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर ढल प्रशोधन
राष्ट्रियसभाको बैठक बस्दै
मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई आग्रह
नेपाल लाइफको बोनस सेयर डिम्याट खातामा जम्मा
धनुषामा गतआवमा ५७ किमी सडक ढलान
नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामै पुगिने
बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन
हर्मुज सम्झौताको नजिक इरान र ओमान, अमेरिकी–इरान वार्ता पनि अघि बढ्दै
२५२ प्रतिशतले बढ्यो लुमिबनी विकास बैंकको नाफा, इपीएस कति ?
कालिन्चोक दर्शनको आम्दानी र नाफामा उछाल, अन्य सूचक कस्ता ?