किली पेम्बा शेर्पाको अन्तिम दाहसंस्कार भोलि शुक्रबार बिहान टेकुमा

काठमाडौं । पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा दिवंगत पर्वतारोही किली पेम्बा शेर्पा (किलु) को अन्तिम दाहसंस्कार भोलि गरिने भएको छ । रोल्वालिङ्ग माउन्ट एभरेस्ट समिटर्स क्लबका महासचिव पेम्बा रिता शेर्पाका अनुसार शुक्रबार बिहान ७ ः३० बजे पार्थिव शरीरलाई अन्तिम दाहसंस्कारका लागि निवासबाट टेकु लगिने छ ।

क्लबले आफन्त, साथीभाइ तथा शुभेच्छुकहरूलाई बिहान ६ बजे निवासमै उपस्थित भई स्वर्गीय किली पेम्बा शेर्पाप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरिदिन आग्रह गरेको छ । अन्तिम श्रद्दन्जलिका लागि शब् आरुबारी स्थित निवासमै राखिने छ।

फेसबुक प्रतिक्रिया