
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा अघिल्लो आवको भन्दा सामान्य वृद्धि भएको हो ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा इन्स्योरेन्सले ३७ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३१ प्रतिशत मात्र बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३७ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोष ३२ प्रतिशतले बढेर १८ अर्ब ३६ करोड ८१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त कोष १३ अर्ब ८३ करोड ३६ लाख रुपैयाँ रहेको थियो ।
महाविपत्ती कोषमा १४ करोड ८५ रुपैयाँ रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा उक्त कोष ३३.८५ प्रतिशतले बढी हो । कम्पनीको चुक्तापूँजी ५ अर्ब ३० करोड ७७ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४२ करोड ८२ लाख रुपैयाँ सञ्चित रहेको छ ।
कम्पनीकोे प्रतिसेयर आम्दानी १९ पैसा घटेर ७ रुपैयाँ ८ पैसामा सीमित भएको छ । असार मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ५८ पैसा रहेको छ ।













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै