
काठमाडौं । नेपालको उद्योग तथा व्यवसाय क्षेत्रमा आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा रु ३ अर्ब ७७ करोड २८ लाख बराबरको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ। चालु आर्थिक वर्षको साउन महिनामा कुल १९१ वटा उद्योग तथा व्यवसायका लागि सो बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ।
विभागका अनुसार समीक्षा अवधिमा स्वचालित (अटोमेटिक) प्रणालीमार्फत १८७ वटा उद्योग तथा व्यवसायका लागि रु ३ अर्ब ४७ करोड ३४ लाख र साधारण प्रक्रियामार्फत ४ वटा उद्योगका लागि रु २९ करोड ९४ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।
समीक्षा अवधिमा सबैभन्दा बढी लगानी प्रतिबद्धता पर्यटन क्षेत्रमा रहेको छ। एक महिनाको अवधिमा पर्यटन क्षेत्रका ३३ वटा उद्योगका लागि रु १ अर्ब ६३ करोड ७८ लाख, सेवा क्षेत्रका १९ वटाका लागि रु ६८ करोड २० लाख, उत्पादनमूलक क्षेत्रका ९ वटाका लागि रु ८४ करोड, सूचना प्रविधि क्षेत्रका १२८ वटाका लागि रु ५६ करोड ९८ लाख, ऊर्जा क्षेत्रका लागि रु २ करोड र कृषिमूलक क्षेत्रका लागि रु २ करोड लगानी प्रतिबद्धता आएको हो। पूर्वाधार र खनिज क्षेत्रमा भने यस महिना कुनै पनि लगानी प्रतिबद्धता आएको छैन।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम